१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिटिक्क चैनपुर

बसन्तप्रताप सिंह

बझाङ — बझाङको सदरमुकाम चैनपुर भौगोलिक अवस्थितिका हिसाबले सुदुरका पहाडी जिल्लाहरु कै सुन्दर सदरमुकाम भनेर चिनिन्छ । तीनतीरबाट सेती नदी र बाहुलीगाड खोलाले घेरिएको यो उपत्यका बर्खा याममा झनै सुन्दर देखिन्छ ।

मनसुन सुरु भएसँगै दिनहुँ जसो छिन्‌छिन्‌मा कुहिरो लाग्ने छिनमै घामलाग्ने गरेको दृष्य साँञ्चिकै हेर्न लायक हुन्छ । जताततै हरियाली छाएको यो मौसममा सदरमुकाम आसपासका गाउँहरु पनि उत्तिकै सुन्दर देखिन्छन् ।

जिल्लाबाहिरबाट सदरमुकाम आउनेहरु बर्खामासको हरियाली र किसानहरुको जनजिवन हेर्नका लागि नजिकका गाँउ तिर घुम्न जाने गर्दछन् । यस समयमा जिल्लाका अधिकांश किसानहरु आफ्ना चौपाय लिएर लेकमा रहेका खर्कहरुमा अल्पकालीन बसाई सर्ने गर्दछन् ।

तीब्र सहरीकरणका कारण पछिल्लो समय सदरमुकाम चैनपुरका मलिला फाँटहरु घरले भरिन थालेका छन् । आधुनिक घरहरु निर्माण गर्ने होडबाजीका कारण परमस्परागत शैलीका घरहरु लगभग विस्थापित भइसकेका छन् ।

प्रकाशित : श्रावण २२, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्