भक्कानिए डा. केसी [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — २७ दिनको अनशनले कमजोर भएका डा. गोविन्द केसीको १३ दिनसम्म शिक्षण अस्पतालमा उपचार भयो । सामान्य उपचारले नधानेपछि उनलाई सघन उपचार कक्ष (आईसीयु)मा समेत ६ दिन राखियो । जब तंग्रिन थाले, तब उनी मंगलबार डिस्चार्ज भए ।

प्रकाशित : श्रावण २२, २०७५ १६:४१

डिस्चार्जका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनको मुहारमा खुसी देखिएन । थियो त, केबल आशंका, चिन्ता र केही आक्रोश पनि । उनले आफ्नो अनशन तोडाउने क्रममा भएका सम्झौता, सहमति कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरे ।

Yamaha

सहमति लागू नभए कडा आन्दोलन गर्ने चेतावनीसम्म दिन भ्याए । लगत्तै भक्कानिँदै उनले भने, 'लामो समय अनशन बसेँ, बिरामी जाँच्न पाइनँ, फेरि १६ औं पटक अनशन बस्नु पर्ने हो कि !' आँसु रोक्न नकसेपछि डा.केसी पुछ्नतिर लागेपछि केहीबेर पत्रकार सम्मेलन नै सुनसान बन्न पुग्यो ।

डा. केसी स्वास्थ्य, शिक्षा सुधारको माग गत असार १६ देखि १५ औं पटकको अनशनमा थिए । उनले जुम्ला र काठमाडौंमा गरी २७ दिन लामो अनशन बसेपछि साउन १० गते राति सहमति गराउन सरकार बाध्य भएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सिसडोलमा फोहोरको डाँडो [फोटोफिचर]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेको छ । ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले सातायता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न सकिरहेका छैनन् ।

पहिले फोहोर खाल्डोमा फालिन्थ्यो, अहिले खाल्डो पुरिएर पहाड बनेको छ । फोहोर बोकेर गएका टिपरले त्यही पहाडको टुप्पोमा पुगेर अनलोड गर्नुपर्ने बाध्यता छ ।

वर्षातका कारण फोहोरको पहाड भास्सिँदै गएको छ । ठाउँ–ठाउँमा धाँजा फाटेर जमिन पनि कोल्पुखोलातर्फ धस्सिन थालेको छ । फोहोरमाथि खनिएका सडक हिलो र चिप्लो भएकाले लोड बोकेर गएका टिपर फोहोरको थुप्रोमा चढ्न नसकी अलपत्र पर्ने गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT