अाहा ! अाँप

शाहिमान राई

काठमाडौँ — यो वर्ष तराईमा अत्याधिक मात्रामा अाँप फल्यो । आँपको मूल्यमा निकै उतरचढाव आयो ।


प्रकाशित : श्रावण २४, २०७५ १७:४८

सुरुमा प्रतिकेजी २० रुपैयाँमा विक्री भएको आँप सिजन सकिनै लागेको बेला प्रतिकेजी एक सय ५० रुपैयाँसम्म विक्री भइरहेको छ । जनकपुर र सिराहमा विक्रीका लागि राखिएको आँप ।

तस्बिरहरु : शाहीमान राई

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'गुण्डा नाइके' गणेश लामालाई एक वर्ष कैद

घनश्याम खड्का

काठमाडौँ — विशेष अदालतले स्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा गणेश लामालाई एक वर्ष कैद हुने फैसला गरेको छ ।


विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रुपमा आर्जन गरेको भन्दै कैद र उक्त रकम जफत गर्ने सजाय सुनाएको हो।

सम्पत्ति सुद्धिकरण विभागले ५ वर्षअघि लामा र उनका परिवारका पाँच सदस्यविरुद्ध २७ करोडको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा हाल सजाय भोगिरहेका लामा सम्पत्ति सुद्धिकरण विभागले दायर गरेका मुद्दामा सजाय पाउने पहिलो ‘हाइ प्रोफाइल गुण्डा नाइके’ हुन्।

अदालतले उनका परिवारका अन्य सदस्यलाई भने सफाइ दिएको छ।

प्रकाशित : श्रावण २४, २०७५ १७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT