कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भूकम्पपछि विस्थापित, खानबस्न समस्या

रोयटर्स

लोम्बोक (इन्डोनेसिया) — इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण १ लाख बढी व्यक्ति विस्थापित भएका छन् । भूकम्पमा शुक्रबारसम्ममा २ सय ५९ को मृत्यु भइसकेको जनाइएको छ । शिविरमा राखिएका प्रभावितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत कमी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बिहानको नास्ता कुर्दै रोइरहेकी बालिका ।

यस्तै, सयौं घाइते भएका छन् भने कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण विभागले जनाएको छ । ७० हजारले आफ्नो घरबास गुमाएका छन् । सोही क्षेत्रमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

अस्थायी बसोबासका लागि टाँगिएका पाल ।

अस्थायी पालमा बिहानको नास्ताका लागि अम्लेट बनाइरहेकी एक महिला ।

भूकम्प पीडितका लागि दान गरिएका प्रयोग गरिएका कपडाबाट आफ्नो लागि हुने कपडा छान्दै विस्थापित ।

भूकम्प पीडितको अस्थायी शिविरमा एक-अर्कासँग खेल्दै साना नानीहरु ।


प्रकाशित : श्रावण २५, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्