२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

घारी बन्यो रानीपोखरी [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — २०७२ को भुइँचालोले भत्काएको रानीपोखरी पुनर्निर्माण नहुँदा घारी बनेको छ । पुरातात्त्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणले गति नलिँदा बालगोपालेश्वर मन्दिर संरचना अलपत्र छ भने आसपासमा झारपात उम्रिएको छ ।

पुरातत्त्व विभाग स्रोतका अनुसार रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच अब सेनालाई निर्माणको जिम्मा दिने विषयमा समेत छलफल भएको छ । यसअघि पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्‍याए पनि यसलाई ‘ब्युटिफिकेसन’ गर्ने भन्दै आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनर्निर्माण सुरु गरेपछि विवाद भएको थियो ।

रानीपोखरी बाहिरको निर्माण लागत ६ करोड रुपैयाँ र मन्दिरको लागत १ करोड २५ लाख रुपैयाँ छ । रानीपोखरी पुनर्निर्माणको शिलान्यास २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर गरिएको थियो । २०६३ सालको भाइटीकासम्म निर्माण सम्पन्न गर्ने गरी महानगरले काम सुरु गरेको थियो । तर पुरातात्त्विक मापदण्डविपरीत काम गरेपछि चौतर्फी विरोध भयो । त्यसपछि पुरातत्त्व विभागले काम रोकिदिएको थियो ।


प्रकाशित : श्रावण २६, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्