२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
फोटोफिचर

Photo Feature

मासिँदै जिल्ला पाल्ने जिउला

पर्याप्त पानी परेका कारण यस वर्ष समयमै रोपाईं सकिएको छ । अघिल्ला वर्षहरुमा साउनको अन्तिमसम्म रोपाईं भैरहेको दृष्य देख्न सकिने जिउला (धन खेत)हरु यो वर्ष मध्य साउन पहिलो हप्ता नै हेरिरहुँ लाग्ने गरी हरिया भैसकेका थिए । छिटो रोपाईं सम्पन्न भएका केही जिउलाहरुमा धान पसाउन पनि थालिसकेको छ ।

मासिँदै जिल्ला पाल्ने जिउला

देवघाटमा बोलबम तिर्थालुको घुँइचो

देवघाटधाम माघे संक्रान्ति स्नानका लागि प्रख्यात छ । तर केही वर्ष यता साउनको सोमबार बोलबम तिर्थालुका कारण पनि भिडभाड हुन थालेको छ । यो वर्षको अन्तिम साउने सोमबार आज देवघाट क्षेत्रमा माघे संक्रान्ति मेलाकै झल्को आउने गरेर भक्तहरुको भिड लागेको छ ।

देवघाटमा बोलबम तिर्थालुको घुँइचो

साउनको अन्तिम सोमबार पशुपतिमा भीड

साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । आज यो वर्षको साउनको अन्तिम सोमबार त्यसैले देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लागेको छ । पशुपति मन्दिर भने साउनको हरेक सोमबार विशेष हुने गर्छ ।

साउनको अन्तिम सोमबार पशुपतिमा भीड
श्रावण २७, २०७५

विराटनगर महानगरमा बम बिस्फोटपछि... [तस्बिरहरु]

विराटनगर महानगरपालिकाको सेवाग्राही बस्ने कक्षको ब्रेन्चीमा राखिएको बम बिस्फोट हुँदा कार्यालयका फर्निचर र सिसा फुटेका छन् ।

विराटनगर महानगरमा बम बिस्फोटपछि... [तस्बिरहरु]
श्रावण २६, २०७५

घारी बन्यो रानीपोखरी [फोटोफिचर]

२०७२ को भुइँचालोले भत्काएको रानीपोखरी पुनर्निर्माण नहुँदा घारी बनेको छ । पुरातात्त्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणले गति नलिँदा बालगोपालेश्वर मन्दिर संरचना अलपत्र छ भने आसपासमा झारपात उम्रिएको छ ।

घारी बन्यो रानीपोखरी [फोटोफिचर]

'राइड काष्ठमण्डप टु खोकना'

काठमाडौंको बसन्तपुरदेखि ललितपुरको खोकनासम्म साइकल र्‍याली गरिएको छ । १२ वैशाख ०७२ को भूइँचालोले क्षतिग्रस्त बनेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा हातेमालो गर्दै बुङमती र खोकना क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका चिनाउन ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ आयोजना गरिएको हो ।

'राइड काष्ठमण्डप टु खोकना'
श्रावण २५, २०७५

हिलाम्मे सडक : घण्टौंको जाम [फोटोफिचर]

नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने कोल्पुटारमा सडक बिस्तार नहुँदा यात्रु घण्टौंको जाम झेल्न बाध्य छन् । निर्माणका क्रममा माटो र भीर काटेपछि सडक बिस्तारमा पनि ढिलाइ भएको हो । गल्छी–त्रिशूली सवारीको चाप धेरै रहने नाका हो ।

हिलाम्मे सडक : घण्टौंको जाम [फोटोफिचर]

भूकम्पपछि विस्थापित, खानबस्न समस्या

इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण १ लाख बढी व्यक्ति विस्थापित भएका छन् । भूकम्पमा शुक्रबारसम्ममा २ सय ५९ को मृत्यु भइसकेको जनाइएको छ । शिविरमा राखिएका प्रभावितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत कमी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पपछि विस्थापित, खानबस्न समस्या
श्रावण २४, २०७५

काठमाडौंमा यसरी मनाइँदै छ विश्व आदिवासी दिवस

नेपाली आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस (अगष्ट ९) बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।'अधिकार, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान' भन्ने मूल नाराकासाथ आज आदिवासी दिवस मनाइ राखिएको छ ।

काठमाडौंमा यसरी मनाइँदै छ विश्व आदिवासी दिवस

कलंकी-नागढुंगा सडकः न बसिसाध्यै, न हिँडिसाध्यै

कलंकी-नागढुंगा सडक राजधानी प्रवेश गर्ने र राजधानीबाट ७१ जिल्ला जान प्रयोग हुने मुख्य राजमार्ग । तर त्यही राजमार्ग चार वर्षदेखि बिग्रँदा स्थानीय मात्रै होइनन् व्यापारी, यही बाटो हुँदै यात्रा गर्ने यात्रुले दिनहुँ सास्ती खेप्नु परेको छ । गएगुज्रेको यो बाटोले सबैलाई वाक्कदिक्क बनाएको छ ।

कलंकी-नागढुंगा सडकः न बसिसाध्यै, न हिँडिसाध्यै