२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

साउनको अन्तिम सोमबार पशुपतिमा भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । आज यो वर्षको साउनको अन्तिम सोमबार त्यसैले देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लागेको छ । पशुपति मन्दिर भने साउनको हरेक सोमबार विशेष हुने गर्छ ।

यो वर्षको साउनको अन्तिम सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।

आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ ।


प्रकाशित : श्रावण २८, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्