कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालाजु-सिनामंगलमा सुविधाजनक बस

तस्बिर : कविन अधिकारी

काठमाडौँ — नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ वटा बस मंगलबारदेखि सञ्चालनमा आएको छ। बसको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घघाटन गरेका छन् ।

बालाजु–नयाँ बसपार्क–सामाखुसी–लैनचौर–मैतीदेवी हुँदै सिनामंगलसम्म चलाइएको छ । ती रुटका ६१ टेम्पो तथा माइक्रोबस भने विस्थापित भएका छन्। तिनका सञ्चालकलाई विशेष राहत प्रदान गर्दै उनीहरूकै संलग्नतामा कम्पनी खोली बस चलाइएको हो। तर ती टेम्पो तथा माइक्रोले सार्वजनिक यातायातका रूपमा चल्न पाउने छैनन्।

सार्वजनिक यातायातलाई दीर्घकालीन, प्रविधिमैत्री र वातावरणमैत्री बनाउन कोषले ५२ सिटे ठूला बसमा सहयोग गरेको हो । अहिले दिगो सार्वजनिक यातायात प्रालि नामक कम्पनी स्थापना गरेर चलाइएको छ ।

उक्त कम्पनीलाई कोषले ९५ प्रतिशत सहयोग उपलब्ध गराएको छ । त्यसमध्ये ८० प्रतिशत ऋण र १५ प्रतिशत अनुदान रहेको छ।

प्रकाशित : श्रावण २९, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्