कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूलीबाटै काठदाउरा जोहो [फोटोफिचर]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

मलेखु (धादिङ) — पृथ्वीराजमार्ग वरपर होटल र पसल चलाइरहेका युवाहरु बुधबार बिहान नियमित काममा थिएनन् । महिला पुरुष सबैका हात हातमा अंकुशे जोडिएको लामो लठ्ठी थिए । नदी किनारमा उभिएका उनीहरु बग्दै आएका काठ दाउरा अंकुशेले तानेर आ-आफ्नो भाग थुप्रो लगाउनमा व्यस्त थिए । नदीबाट निकालिएका मुढा जम्मा मात्रै पारेनन्, कतिपयले त्यहीं दाउरा चिरे पनि । ती दाउरा धेरैले होटलमै प्रयोग गर्छन् भने केहीले बेच्छन् पनि !

वुधबार बिहानै गल्छीदेखि मझिमटारसम्म त्रिशूली नदी किनारमा दाउरा झिक्नेको भीड थियो । नुवाकोट र रसुवातिर बगेको पहिरो र जंगल त्रिशूली नदीले दाउराका रुपमा पाखा लगाएको थियो । त्रिशूली किनारमा दाउरा झिक्ने प्रक्रिया वर्षात्‌भरि र हरेक वर्ष चल्छ ।त्रिशुली नदी किनार वरपर १० वटा रिसोर्टसहित १४ सय साना, ठूला होटल छन् ।

प्रकाशित : श्रावण ३०, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्