कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागपञ्चमीमा जिउँदो नागको पूजा (फोटोफिचर)

मनोज पौडेल

कपिलवस्तु — सदरमुकाम तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदाे नागकाे पूजा गरी बिहीबार नागपञ्चमी मनाएको छ ।

नागपञ्चमीका दिन मन्दिर परिसरमा सर्पलाई दुध, लावा, अक्षता, अविर, चन्दन र फूल चढाएर पूजा गरिएको थियो । नागपञ्चमीका दिन सर्पको पुजाआजा गरेमा वर्षेभरि नाग (सर्प) को डसाईबाट जोगिने र घर परिवार सुरक्षित रहने धार्मिक जनविश्वास छ ।

बिहान ७ बजेबाट पूजाआजा गर्नेको भीड लागेको छ । जिल्लाका बिभिन्न ठाउँबाट ६ सपेराहरुले ८ वटा गोमन सर्प लिएर आएका थिए ।

श्रद्धालुले गच्छे अनुसार सर्पको पूजा गरि नगद पनि दान गरेका थिए । युवायुवतीले घाटीमा सर्प बेरेर सेल्फी खिचिरहेका थिए ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्