१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संचालनमा आउँदै कलंकीको 'अन्डर पास'

तस्बिर : कविन अधिकारी

काठमाडौँ — काठमाडौं उपत्यकाको अति व्यस्त सडकहरु मध्येको एक कलंकी चोकमा जाम घटाउनका लागि निर्माण गरिएको ‘अन्डर पास’ को निर्माण सम्पन्न भएको छ। राजधानी भित्रिने प्रमुख मार्ग रहेकाले अत्यन्तै जाम हुने उक्त स्थानमा जमिनमाथि र मुनीबाट सवारी चलाउन उक्त अन्डर पासको निर्माण गरिएको हो ।

केही दिनमा नै उक्त सडकको औपचारिक उद्धघाटन हुने भएको छ । चीन सरकारको सहयोगमा बनेको अन्डर पासको निर्माण कार्य २०७४ को पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र नाकाबन्दीको कारण लम्बिएको थियो ।


प्रकाशित : भाद्र १, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्