कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेपालगञ्जमा इदको उल्लास

शब्द/तस्बिर : ठाकुरसिंह थारु

नेपालगन्ज — धार्मिक सद्भावको शहर नेपालगन्जमा इदुल—अजहा (बकराईद) उल्लासका साथ मनाइएको छ । हजारौ मुस्लिमहरु नमाज पाठका लागि नेपालगञ्जको बीपीचोक नजिकैको मस्जिदमा जम्मा भएका थिए ।

नमाज पाठपछि एकापसमा गला मिलाएर शुभकामना आदानप्रदान गरिएको छ । इदको शुभकामना दिन विभिन्न धार्मिक अगुवाहरु, राजनीतिक दलका नेता र अगुवाहरु नमाज स्थलमा पुगेका थिए । उक्त अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्