मुबारक हो इद–उल–अजहा

तस्बिर : इलिट जोशी

काठमाडौँ — इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–अजहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।


प्रकाशित : भाद्र ६, २०७५ १२:४७

बकर–इदका अवसरमा काठमाडौंको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरे ।

Yamaha

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कलंकीको अण्डरपास आजदेखि सञ्चालनमा

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपालको पहिलो कलंकी अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ ।

चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

'दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ, अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ,' उनले भने ।

चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो ।

अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताए ।



प्रकाशित : भाद्र १, २०७५ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT