२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गर्मी छल्न पोखरीमा

शब्द/तस्बिर : शाहीमान राई

जनकपुरधाम — ‘भदौरे घाममा भैंसीको छाला सुक्छ’ भनाई अहिले तराईमा लागु भएको छ । टन्टलापुर घाममा तराईका बासिन्दालाई निकै गाह्रो भएको छ । तराईमा अत्याधिक गर्मी बढेको छ । वर्षादको बेला सितल महशुस भएपनि यतिबेला चर्को घाम लागेकोले जनजीवन कष्टकर छ ।

जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनअनुसार तराईको विराटनगरदेखि नेपालगञ्जसम्मको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्रिसेल्सियस र न्यूनतम तापक्रम २८ देखि ३२ डिग्रि र वर्षा शुन्य मिलिमिटर देखाएको छ । राती अंशिक बदली देखाएपनि दिउसो भने वर्षादको सम्भावना नरहेको जनाएको छ ।

अत्याधिक गर्मी भएकोले युवायुवती तथा महिला, पुरुष जनकपुरधाम आसपासको क्षेत्रमा रहेका तालतलैयामा पौडी खेलिरहेका छन् । शनिबार विद्यालय छुट्टी भएको मौकामा विद्यार्थीहरु गंगासागर, धनुषसागर, अङराजसर, विसहरा, गोरधोइलगायत प्रसिद्ध तालपोखरीमा पुगेका थिए ।

धार्मिक आस्था राखेर स्नान गर्ने तिर्थालु भक्तजनले रोगब्याधीवाट मुक्त हुने र मनोकांक्षा पूरा गर्ने विश्वासका साथ पूजाआजा गर्नका निम्ति यी पोखरीमा स्नान गर्दछन् । अहिले स्थानीय गर्मीवाट राहत पाउनकै लागि तालपोखरीमा पौडी खेल्ने गरेका छन् ।धनुषाको जनकपुरधामलगायत विभिन्न ठाउँमा साना ठूला एक सयभन्दा धेरै ताल/पोखरी छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्