२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
फोटोफिचर

Photo Feature

गोसाइँकुण्डमा भक्तजनको घुइँचो [फोटोफिचर]

जनैपूर्णिमाका दिन धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा सयौं भक्तजनहरुले स्नान गरेका छन् । भाद्र १ गतेबाट १० गतेसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । यसवर्ष ८ देखि ९ हजार भक्तजनहरुले कुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जीव डिएमले बताए ।

गोसाइँकुण्डमा भक्तजनको घुइँचो [फोटोफिचर]

दानसाँघु त्रिवेणीमा स्नान गर्नेको भीड

कर्णालीकै प्रसिद्ध दानसाँघु त्रिवेणीमा स्नान गर्ने भक्तजनहरुको बिहानै देखि भीड लागेको छ । जनै पूर्णिमाका दिन दानसाँघुमा विशेष मेला लाग्ने गरेकाे छ ।

दानसाँघु त्रिवेणीमा स्नान गर्नेको भीड

यसरी मनाइँदैछ रक्षाबन्धन र जनै पूर्णिमा

अाइतबार हिन्दूधर्माबलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाउँदै छन् । बिहानै देखि मन्दिरहरुमा सर्वसाधारणकाे घुइचाे लागेकाे छ । विश्व सम्पदामा सुचिकृत ललितपुरकाे पाटन बगंलामुखीस्थित कुम्भेश्वर मन्दिरमा अाज मेला पनि लाग्ने गरेकाे छ ।

यसरी मनाइँदैछ रक्षाबन्धन र जनै पूर्णिमा
भाद्र ९, २०७५

बाग्मतीमा र्‍याफ्टिङ !

बाग्मती सफाइ अभियानको २७६ औं हप्ता पुग्दा बाग्मती नदीमा शनिबार जलजात्रा मनाइयो । बाग्मती महोत्सवको यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ । ‘बाग्मती जलजात्रा २०१८’ नाम दिइएको सो उत्सवमा बाग्मती सफाइ अभियन्ताको उल्लेख्य सहभागिता थियो । उत्सवको मुख्य आकर्षण नदीमा र्‍याफ्टिङ गर्नु थियो ।

बाग्मतीमा र्‍याफ्टिङ !

पुनर्निर्मित कृष्ण मन्दिर सर्वसाधारणलाई खुला !

पुनर्निर्माण सम्पन्न भएपछि युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर शुक्रबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साँझको ४ बजे मन्दिरभित्र गईविधिवत् रुपमा पूजाआजा गरे । अधिकारीले कृष्ण मन्दिरबाटै त्यहाँस्थित पुरातात्विक सम्पदाहरुको अवलोकन गरे भनेअन्य मठमन्दिर समेत घुमे ।

पुनर्निर्मित कृष्ण मन्दिर सर्वसाधारणलाई खुला !
भाद्र ७, २०७५

गर्मी छल्न पोखरीमा

‘भदौरे घाममा भैंसीको छाला सुक्छ’ भनाई अहिले तराईमा लागु भएको छ । टन्टलापुर घाममा तराईका बासिन्दालाई निकै गाह्रो भएको छ । तराईमा अत्याधिक गर्मी बढेको छ । वर्षादको बेला सितल महशुस भएपनि यतिबेला चर्को घाम लागेकोले जनजीवन कष्टकर छ ।

गर्मी छल्न पोखरीमा
भाद्र ६, २०७५

'प्रधानमन्त्री ज्यू हामी कहिलेसम्म झुन्डिने ?'

बुधबार बिहान १० बज्नै लाग्दा असिनपसिन हुँदै तारपुल (तुइन) को लठ्ठा तानेर शहिद लखन गाउँपालिका–४ का नारायण प्रजा विद्यालय हिँडे । नजिकै माध्यमिक विद्यालय नहुँदा ताक्लुङ ठेउवाटारका विद्यार्थी पृथ्वीराजमार्ग पारी चितवन कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्न जान्छन् ।

'प्रधानमन्त्री ज्यू हामी कहिलेसम्म झुन्डिने ?'

मुबारक हो इद–उल–अजहा

इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–अजहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

मुबारक हो इद–उल–अजहा

नेपालगञ्जमा इदको उल्लास

धार्मिक सद्भावको शहर नेपालगन्जमा इदुल—अजहा (बकराईद) उल्लासका साथ मनाइएको छ । हजारौ मुस्लिमहरु नमाज पाठका लागि नेपालगञ्जको बीपीचोक नजिकैको मस्जिदमा जम्मा भएका थिए ।

नेपालगञ्जमा इदको उल्लास
भाद्र ४, २०७५

मुस्ताङ जान भीरको हिँडाइँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीको नागढुङ्गस्थित बेनी–जोमसोम सडकलाई कालीगण्डकी नदीले कटान गरेपछि पैदलयात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य भएका छन् ।

मुस्ताङ जान भीरको हिँडाइँ