यसरी मनाइँदैछ रक्षाबन्धन र जनै पूर्णिमा

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अाइतबार हिन्दूधर्माबलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाउँदै छन् । बिहानै देखि मन्दिरहरुमा सर्वसाधारणकाे घुइचाे लागेकाे छ । विश्व सम्पदामा सुचिकृत ललितपुरकाे पाटन बगंलामुखीस्थित कुम्भेश्वर मन्दिरमा अाज मेला पनि लाग्ने गरेकाे छ ।


Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०८:३१

Yamaha

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कमला नदीमा डुबेर तीन युवक बेपत्ता

भरत जर्घामगर

सिरहा — सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरायणीस्थित कमला नदीमा डुबेर सिरहाका तीन युवा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जनै पुर्णिमा तथा रक्षा बन्धनको दिन शिवालयमा उत्तरायणीस्थित कमला नदीको जल चढाउन बोलबम गएका सिरहा गोलबजार नगरपालिका–४ निपानेका १४ वर्षीय मन्जे महरा, १५ वर्षीय राहुल महरा र औरही गाउँपालिका–३ तुल्सीपुरका १९ वर्षीय कृष्ण कुमार महतो शनिबारदेखि बेपत्ता भएका हुन।

अर्नामा गाउँपालिका–५ कृष्णपुरका २१ वर्षीय सुमनकुमार मण्डललाई जीवित्तै उद्धार गरिएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। सिरहा, धनुषा र उदयपुरको संगमस्थल उत्तरायणी कमला खोलामा जल भरेर शिवालयमा चढाउन जनै पूर्णिमाका दिन भक्तजनहरु हरेक वर्ष अघिल्लो दिन नै पुग्छन्। बेपत्ता तीनै जना कमला खोलामा शनिबार स्नान गर्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए।

‘नुहाउँदा नुहाउँदै उनीहरु पानी बहाव धेरै भएको ठाउँमा पुगे’ स्थानीयलाई उदृत गर्दै प्रहरी नायब उपरीक्षक साहले भने ‘शनिबार खोज्दा नभेटेपछि फेरि बेपत्ता भएकै ठाउँबाट प्रहरीले खोजी सुरु गरेको छ।’ उनका अनुसार बगाएर उनीहरुलाई दक्षिणतिर लगेको हुनसक्ने भएकाले उद्धारका लागि जयनगरस्थित भारतीय प्रहरीसँग पनि खोजीका लागि समन्वय गरिएको छ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT