२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दानसाँघु त्रिवेणीमा स्नान गर्नेको भीड

एलपी देवकोटा

जुम्ला — कर्णालीकै प्रसिद्ध दानसाँघु त्रिवेणीमा स्नान गर्ने भक्तजनहरुको बिहानै देखि भीड लागेको छ । जनै पूर्णिमाका दिन दानसाँघुमा विशेष मेला लाग्ने गरेकाे छ ।

चतुदर्शीका दिन मालिका मन्दिरहरुमा पूर्जापाठ गर्न जाने र साउन पुर्णिमा दिन त्रिवेणीमा नुहाएर घर फर्कने चलन छ ।

त्रिवेणीमा देवताको मुर्ति समेत स्नान गराउन ल्याउने गरेको स्थानीय प्रवेश उपाध्यायले बताए । यहा आजकै दिन मेला समेत लाग्ने गर्दछ । धामीहरु त्रिवेणीबाट पतुर्दै (नाँच्दै) मन्दिर सम्म पुग्ने गर्दछन् ।

प्रकाशित : भाद्र १०, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्