१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सुरु भयो गाईजात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकका विभिन्न स्थानमा मनाइँदैछ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्रामा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

गाईजात्राकै अवसरमा उपत्यकाका विभिन्न स्थानबाट निकालिने जात्रामा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक प्रस्तुति समते गरिन्छ ।

प्रकाशित : भाद्र ११, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्