आठ रात नौ दिनसम्म मनाईने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै सुरु भएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरुहुने संस्कृतिकर्मी ओम द्यौभडेल बताउँछन् ।
समाजले तिरस्कारको नजरले हेर्ने भएपछि तेस्रोलिंगी मानिसहरु खुलेर बाहिर आउँदैनन् । गाईजात्रा यस्तो दिन हो उनीहरु खुलेर बाहिर आउँछन् र रमाउँछन् । उनीहरु सोमबार बसन्तपुरमा गाईजात्रा मनाउन सयौंको संख्यामा भेला भएका थिए । तस्बिरमा हेरौं तेस्रोलिंगीको गाईजात्रा ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकका विभिन्न स्थानमा मनाइँदैछ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जनैपूर्णिमाका दिन धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा सयौं भक्तजनहरुले स्नान गरेका छन् । भाद्र १ गतेबाट १० गतेसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । यसवर्ष ८ देखि ९ हजार भक्तजनहरुले कुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जीव डिएमले बताए ।
अाइतबार हिन्दूधर्माबलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाउँदै छन् । बिहानै देखि मन्दिरहरुमा सर्वसाधारणकाे घुइचाे लागेकाे छ । विश्व सम्पदामा सुचिकृत ललितपुरकाे पाटन बगंलामुखीस्थित कुम्भेश्वर मन्दिरमा अाज मेला पनि लाग्ने गरेकाे छ ।
बाग्मती सफाइ अभियानको २७६ औं हप्ता पुग्दा बाग्मती नदीमा शनिबार जलजात्रा मनाइयो । बाग्मती महोत्सवको यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ । ‘बाग्मती जलजात्रा २०१८’ नाम दिइएको सो उत्सवमा बाग्मती सफाइ अभियन्ताको उल्लेख्य सहभागिता थियो । उत्सवको मुख्य आकर्षण नदीमा र्याफ्टिङ गर्नु थियो ।
पुनर्निर्माण सम्पन्न भएपछि युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर शुक्रबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साँझको ४ बजे मन्दिरभित्र गईविधिवत् रुपमा पूजाआजा गरे । अधिकारीले कृष्ण मन्दिरबाटै त्यहाँस्थित पुरातात्विक सम्पदाहरुको अवलोकन गरे भनेअन्य मठमन्दिर समेत घुमे ।