साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र

शब्द/तस्बिर: कञ्चनअधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गत बिहीबार नेपाल भुटानसँग खेल्दै छ । यो नेपालको दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा बिहीबार स्थानीय समयअनुसार ४ बजे खेल हुँदै छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ १६:४७

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपाल दास्रो खेलमा भुटानलाई जसरी पनि जित्ने दाउमा छ ।

आफ्नो दोस्रो खेलको लागि नेपाल बुधबार मध्यान्ह शेख अजमल रंगशालामा अभ्यास सत्रमा सहभागी भएको थियो । अभ्यास सत्रका क्रममा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जित्नका लागि खेल्ने बताए ।

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ !

रासस/याेन्हाप

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५ सय वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्वबोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आह्वान गरेको छ ।

उक्त पार्किङ भवन सात तलाको हुनेछ।

प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ। कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए।

शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्था सहितको सुविधा हुनेछ। सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ।

सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने महानगरको दाबी छ। भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ।

सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हुँदा पनि उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ। उक्त भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ।

प्रकाशित : भाद्र २०, २०७५ १६:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT