कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यसरी मनाइँदैछ ऋषिपञ्चमी [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी शुक्रबार हिन्दु महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । काठमाडौँको पशुपतिसहित मुलुकभरका ऋषेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनको भीड लागेकाे छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्