कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गर्मीमा रमाउँदै बालबालिका [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — चिसो मौसम सुरु हुने समय आउनै लाग्दा गर्मी अचाक्ली बढेको छ । असोज पहिलो साता हुँदा पनि दिनभरि लाग्ने टण्टलापुर घामले जनजीवन प्रभावित बनाएको छ ।

बाटोमा हिँड्दा उखरमाउँदो गर्मीको तातो रापले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । आइतबारदेखि यहाँ अत्यधिक गर्मी बढेको छ । बुधबार यहाँको तापक्रम अधिकतम ३६ डिग्री सेल्सियस पुगेको रामनगरस्थित जल तथा मौषम विज्ञान विभाग इकाइका रामु रेग्मीले बताए । न्यूनतम पनि २५ डिग्री रहेको छ ।

तापक्रम बढ्दा यहाँको जनजीवन कष्टकर बनेको छ । ‘गर्मीले दिनभरि घरभित्रै बस्छौं‘ नयाँटोलकी गृहिणी सुशिला अर्यालले भनिन्, ‘स्कुल गएका छोराछोरी लिनजान पनि निक्कै गाह्रो हुन थाल्यो ।’

चर्को गर्मीले अत्तिएका बेला बालबालिका भने नदी तालतलैलामा नुहाएर आनन्दित हुने गरेका छन् । अहिले यहाँको जगदीशपुर ताल आसपास दिउँसो नुहानेको उत्तिकै भीड हुन्छ । बालबालिकाहरु तालको हेड रेगुलेटर नजिक पौडी खेलेर गर्मी फाल्ने गरेका छन् । उनीहरु बिभिन्न तरिकाले १० देखि २० मिटर माथिबाट हाम फालेर रोमाञ्चित हुने गर्छन् । गर्मी एक्कासी बढेपछि नदी, ताल, रह र पोखरीमा नुहाउने बढेका छन् ।


प्रकाशित : आश्विन ४, २०७५ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्