कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भद्रकालीमा पेट्रोल भर्नेको भीड

तस्बिर : अंगद ढकाल

काठमाडौँ — पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरसमेत चल्न नदिएकाले उपत्यकाको पेट्रोल पम्पमा लाइन देखिएको छ । अधिकांश पम्प बन्द छन् भने खुलेकामा भीड लागेको छ। सार्वजनिक सवारी चालकको हडतालले इन्धन क्षेत्रमा पनि प्रत्यक्ष असर गर्‍यो । हडतालका कारण पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा अधिकांश पम्प बन्द छन् ।

इन्धन वितरण भएका पम्पमा व्यापक भीड लागेको थियो । आयल निगमसँग पर्याप्त इन्धन भए पनि हडतालका कारण सहज रूपमा ढुवानी हुन नसकेको जनाएको छ ।

आयल निगमले इन्धन ढुवानी नगर्ने टयांकरको छानबिन गर्ने भएको छ । इन्धन ढुवानी अवरोध गर्ने टयांकरको ढुवानी सम्झौता रद्द गरी खारेज गर्ने चेतावनी दिए पनि केहीले अटेर गरेपछि सूक्ष्म छानबिन गर्न लागेको हो ।

प्रकाशित : आश्विन ५, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्