इन्द्रजात्राको लिंगो ठड्याइयो

तस्बिर : इलिट जोशी, रासस

काठमाडौँ — काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएको छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिका रुपमा महत्व दिएको पाइएको छ ।

हनुमानढोकामा आज विधिपूर्वक ३२ हात लामो लिंगो ठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । उक्त लिंगोको फेदमा भैरवको पूजा हुन्छ ।

विभिन्न ध्वजापताकाले सजाइएको लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिंगो ठड्याउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक हप्तासम्म चल्ने इन्द्रजात्राका क्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ । यही असोज ८ गते राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ ।

विभिन्न ध्वजापताकाले सजाइएको लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिंगो ठड्याउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक हप्तासम्म चल्ने इन्द्रजात्राका क्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ ।

यही असोज ८ गते राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन ५, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्