दसैंको लागि टिकट बुकिङ खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवसायीले मंगलबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार सहमति जुटेपछि व्यवसायीले बुकिङ खाेलेका हुन।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरका अनुसार बस व्यवसायी समितिका जुनसुकै काउन्टरमा गएर यात्रुले टिकट बुकिङ गर्न सक्नेछन् । सरकारले शनिबार भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति गरेको थियो ।


प्रकाशित : आश्विन ९, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्