कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रजात्रामा जुन दिन महिलाले मात्रै छ्याङ पिउँछन्...

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी

काठमाडौँ — इन्द्रजात्रा । एउटा ठूलो अमूर्त सम्पदा । यस क्रममा य: सिं (इन्द्रध्वजोत्थन) गरियो । नालाबाट काटेर ल्याएको रूख ठड्याइयो । काठमाडौंको भित्री सहरका सात डबलीमा ज्यापू गुठीले नाच प्रदर्शन गरिरहेका छन् । मृतकका नाममा बत्ती दिँदै हिँडेर उपाकु मनाइएको छ । यस्तै बुधबार राति हाथु हायगेगु (श्वेत भैरवको मुखबाट छ्याङ फाल्ने) मनाइयो ।

राति श्वेत भैरवको मुखबाट निकालिको छ्याङ महिलाहरुले मात्रै पिए । श्वेत भैरवको मुखबाट छ्याङ निकाल्नु भनेको तर्पण दिनु हो । यो प्रसाद हो । प्रासद खाँदा निरोगी हुने, आयु लामो हुने लगायतका जनविश्वास रहेको छ । यस्तै यो वर्ष मरेका मानिसको स्वर्गबास होस् र मृतकले मोक्ष प्राप्त गरोस् भनेर तर्पण दिने चलन छ ।

हुनत तर्पण हरेक घरमा दिइन्छ । इतिहासअनुसार पहिलेपहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन श्वेत भैरवको मुखबाट छ्याङ दिएका थिए ।

यसरी महिलालाई मात्रै छ्याङ पिउन दिने चलन चलेको सुरेश मानन्धर बताउँछन् । उनका अनुसार महिलाहरु भीडमा गएर प्रसाद खान नसक्ने भएकोले तीन वर्षअघि देखि महिलाको लागि मात्रै एक दिन छुट्याइएको हो । पहिला पहिला चाहिँ महिला र पुरुष मिसिएर प्रसाद लिने चलन थियो ।

यस्तै भोलि शुक्रबार चाहिँ कुमारी, श्वेत भैरव र गणेशको रथ महिलाहरुले तान्दैनछन् ।


प्रकाशित : आश्विन ११, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्