कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाले मात्रै ताने रथ

तस्बिर : इलिट जोशी, हेमन्त श्रेष्ठ

काठमाडौँ — ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा शुक्रबार नानीचा: या: (महिलाहरुले रथ ताने) सँगै सम्पन्न भएको छ । अन्तिम दिन वसन्तपुरदेखि विभिन्न भागमा रथ पुर्‍याई पुन: वसन्तपुर ल्याइएको थियो । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुन्छ ।

जात्राको अवसरमा हनुमान ढोका दरबारमा रहेको सुनको मोलम्मा लगाइएको विशाल श्वेत भैरवको प्रतिमापनि सर्वसाधारणलाई दर्शनका लागि टीका झ्या: (एक प्रकारको नेवारी झ्याल) खुला गरिएको थियो । इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई प्रदर्शनीमा राखिएको थियो । इन्द्रचोकस्थित आकाश भैरवको मूर्तिलाई मन्दिर बाहिर खटमा राखेर विभिन्न प्रकारका फूलले सिंगारिएको थियो ।

यो पर्व ललितपुर, भक्तपुर, कीर्तिपुर, दोलखालगायतको ठाउँमा पनि भव्यताका साथ मनाइँदै छ ।

प्रकाशित : आश्विन १२, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्