मर्मतले नागढुंगा–पिपलामोड सडकमा जाम

तस्बिर : कविन अधिकारी

काठमाडौँ — खानीखोलादेखि नौबिसेसम्मको १५ किलोमिटर दुरीमा राति गर्न थालिएको सडक मर्मतले सडकमा जामकाे समस्या बढेकाे छ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्यधिक भार बोकेका गाडीहरुका खाल्डा पर्नुका साथै भास्सिएर कुलोमा परिणत भए पछि मर्मत तथा आवश्यक पिच गर्न लागिएको हो । सडक विभागले काम गर्न सहज गराउन सोमबारबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मतको थालनी गरेकाे छ ।


प्रकाशित : आश्विन १६, २०७५ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्