पोसाकमै राहत शिक्षक र्‍यालीमा [फोटोफिचर]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — राहत शिक्षकहरुले स्थायीको मागसहित आइतबार अपराह्न काठमाडौंमा प्रदर्शन गरेका छन् । केन्द्रीय आन्दोलन परिचालन समितिको अगुवाईमा माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त दबाब र्‍यालीमा सहभागीले राहत शिक्षकको इच्छा, गुणस्तरीय शिक्षालगायत नारा लगाएका थिए । शिक्षकहरु विद्यालयको पढाई छाडेर पोसाकसहित सहभागी थिए ।

राहत शिक्षकहरुले निर्माणाधीन संघीय शिक्षा ऐनमा पेसागत सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै आएका छन् । देशभर करिब ४० हजार राहत शिक्षक रहेको उनीहरुको दाबी छ ।

प्रकाशित : आश्विन २१, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्