२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दसैं लाग्यो चंगा उड्यो

तस्बिर : इलिट जोशी

काठमाडौँ — जमिनमा ढकमक्क फुलेका सयपत्री र आकाशमा उडेका अनगिन्ती चंगाले दसैं आएको संकेत दिएका छन् । पानी पर्न छाडेर कञ्चन भएको निलो आकाशमा चंगा उडाउने चलन पुरानो हो । गएका केही वर्षमा पानी परेर दसैं हिलेमय बनकेो थियो । धेरैले चंगा उडाउन पाएनन् । तर यसपटक दसैं सुरु हुनु एकहप्ताअघि मात्रै नेपालबाट मनसुन बाहिरिएको छ । मौसम सफा छ ।

पानी नपरेको लामै समय भयो । सहरका घरको छतमा र गाउँतिर डाँडामा बसेर चंगा उडाने थुप्रै जमात भेटिन्छन् । चाहे बालबालिका हुन् या तन्नेरी नै किन नहुन्, दसैंताका चंगा उडाउँदा र अरुको चंगालाई चेट पार्दा अनुहारमा खुशीका रंग देखिन्छ ।


प्रकाशित : आश्विन २३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्