मूर्ति बनाउन भ्याइनभ्याइ

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — असोज २४ गतेदेखि नवरात्री सुरु हुँदै छ । हिन्दू धर्मावलम्बीले नवरात्रीमा दुर्गाको पुजाअर्चना गर्छन् । यो समयमा घरमा नवदुर्गाको मूर्ति प्रतिस्थापन गर्ने चलन छ । अहिले कतिपयले रेडिमेड मूर्ति किनेर लैजान्छन् र पुजा गर्छन् ।

रेडिमेड दुर्गाको मूर्तिको माग बढेको छ अहिले । त्यसैले त नेपालको तराई र भारतबाट आएका मूर्तिकारलाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं र तिहारका लागि विभिन्न देवीदेवताका मूर्तिको माग उच्च भएकाले उनीहरु धमाधम माटोलाई देवताको आकार दिइरहेका छन् ।

नवदुर्गामा हिन्दू धर्मावलम्बीले आ-आफ्नो घर, मन्दिर तथा सार्वजनिक स्थानमा मूर्ति राखेर पूजा गर्ने गर्छन् । नवरात्रदेखि पूर्णिमासम्म पूजा गरेर विधिपूर्वक नदी तथा तलाउमा विसर्जन गर्ने गरिन्छ । करिब १५ दिनका लागि मात्र मूर्ति प्रयोग हुने भएकाले माटो, बाँस र परालको प्रयोग गरिन्छ । तयार भएको मूर्तिमा आकर्षक रंग लगाएर भगवानको स्वरुप दिइन्छ ।


प्रकाशित : आश्विन २३, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्