सडकपेटी मै राखेर खसीबोका बिक्री

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंका लागि राजधानीका विभिन्न ठाउँहरुमा खसीबोका तथा च्याङ्ग्राहरुको बिक्री भइरहेको छ । व्यपारीहरुले सडक पेटीमा नै राखेर खसीबोका बेचिरहेका छन् । खसीबोका बिक्रीको लागि सरकारले निश्चित ठाउँ तोकेको छैन । व्यापारीले आफू पायक पर्ने ठाउँमा खसी बेच्छन् । दसैंको बेला खसीबोका बिक्री धेरै हुने हुँदा व्यापारीले खसीबोका सडकपेटीमै राखेर बेच्ने गर्छन् ।

सोमबार बिहान बबरमहलको सडकपेटीमा व्यापारीहरुले खसीबोका बिक्रीका लागि राखेका थिए । जथावभावी रुपमा खसीबोका बिक्रीका लागि राखिदाँ पैदलयात्रुलाई समस्या भएको थियो ।


प्रकाशित : आश्विन २९, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्