कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विराटनगरमा फूलपातीको बिहानी

शब्द/तस्विरः जीतेन्द्र साह

विराटनगर — अघिल्लो दिनसम्म शान्त र सामान्य देखिने महानगर विराटनगर फूलपातीको बिहानदेखि एकाएक दसैंमय भएको छ ।

यहाँको मठमन्दिर एवं पण्डालमा भक्तजनको चहलपहल बढिरहेको छ । सबैतिर भजनकीर्तन गुञ्जिरहेको छ । बिहान ढिलोसम्म सुत्ने सहरबासी पनि एकाबिहान उठेर स्नान गरी शक्तिपीठको दर्शन गरिरहेका छन् । यो क्रम दशमीसम्म उत्कर्षमा पुग्नेछ ।

बैलुन, खेलौना एवं मिठाइको बजार सजिएको छ । स्वदेश तथा विदेशका कुनाकाप्चामा रहेका हिन्दु नेपालीहरु मान्यजनबाट टीकाजमरा थाप्न, आफन्तजनसँग भेटघाट गर्न र दसै मनाउन घर फर्केको हुनाले टोल, चोक एवं बस्तीमा रौनक छाएको छ ।

अष्टमीदेखि दशमीसम्म यहाँको मुख्य सडकबजार एवं वरिपरिको गाउँघर र मठमन्दिर मेलामय रहनेछ ।

प्रकाशित : आश्विन ३०, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्