१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जयनगरमा मन्त्रीको रेल सेल्फी [तस्बिरहरु]

श्यामसुन्दर शशि

जनकपुर — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंगलबार जयनपुर पुगेर भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री महासेठले जयनगर–जनकपुर–कुर्थामा डिसेम्बरसम्ममा रेल सञ्चालन भइसक्ने जनाए ।

महासेठले रेलमार्ग निर्माण काम सम्पन्न भएपछि दुबै देशमा विकासको लहर चल्ने दाबी गरे । उनले भने– 'रेल बन्द हुँदा गत पाँच वर्षदेखि सीमावर्ती बजारहरु पनि सुकेका थिए । रेल सञ्चालन सँगै बाजारहरु पुन: गुलजार हुने छ ।' निरीक्षणका क्रममा मन्त्री महासेठले रेलसँग सेल्फीसमेत खिचेका थिए ।

मन्त्री रघुवीर महासेठसंगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रा गरेका थिए ।

प्रकाशित : आश्विन ३०, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्