कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फूलपातीमा घोडा दौडको रौनक [फोटोफिचर]

एलपी देवकोटा

जुम्ला — नेपालीहरुको बडा दसैंको फूलपातिको दिन जुम्ला सदरमुकाम खलंगामा रहेको राजासिममा घोडा दौड गरिएको छ । परम्परादेखि जुम्लामा चल्दै आएको घोडा दौड विगतका केही वर्षमा रोकिएको थियो ।

२०५५/०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् । 'हरेक वर्ष फूलपातिको दिन जुम्ला एयरपोर्टको धावनर्मागमा घोडा दौड हुन्थ्यो' उनले भनिन्, 'धावनमार्ग पिच भएपछि घोडा दौड हराउँदै गएको थियो । तर विगत ३ वर्षयता कर्णाली खेलकुद क्लबले यसलाई निरन्तरता दिइरहेको छ ।'

जुम्लाको ऐतिहासिक घोडा दौडलाई १७ वर्षपछि कर्णाली स्पोर्ट क्लबले निरन्तरता दिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । राजासिममा भएको घोडा दौडमा ३३ वटा घोडा सहभागी गराइएका थिए । दौडमा सामेल घोडाहरुको चाल, दौड रेस, पालनपोषण, स्वास्थ्य अवस्था, वर्ष घोडालगायतका उपाधिहरु दिइएको थियो । उपाधि हासिल गर्ने घोडसवार गर्नेलाई काठबाट निर्मित स्थानीय ट्रफीको व्यवस्था गरिएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्