१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तलेजु मन्दिर सर्वसाधारणका लागि खुला, दर्शन गर्नेको भीड (फोटोफिचर)

तस्बिर : इलिट जोशी

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीको अवसरमा एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

प्रकाशित : कार्तिक १, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्