कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यसरी मनाइयो अस्ट्रेलियामा दसैं [फोटोफिचर]

नारायण खड्का

अस्ट्रेलिया — नेपालीहरुको प्रमुख चाड दसैं अस्ट्रेलियामा समेत धुमधामसँग मनाइएको छ । अस्ट्रेलियाको मुख्य शहरहरु मात्र नभएर स्थानीय गाउँमा रहेका नेपालीहरुले समेत बडादसैं एकापसमा टीका लगाएर मनाएका छन् । नेपालीहरुको जनसंख्या बढेसँगै अहिले अस्ट्रेलियामा पनि परम्परागत किसिमले घरमा जमरा राख्ने, दुर्गापूजा गर्ने, आफूभन्दा ठूलाबडाहरुबाट आशीर्वाद लिएर टीका थाप्ने चलन बढ्दै गएको छ ।

विशेष गरेर अस्ट्रेलियामै हुर्किएका बालबालिकाहरुमा दसैंको उत्साह देखिएको छ । उनीहरु नेपाली परम्परागत पोशाकहरु दौरा सुरुवाल, गुन्यूचोली, फरिया लगाएर दसैं मनाउन उत्साहित देखिएका थिए भने अभिभावकहरुले समेत दौरा सुरुवाल, साडी चोलो लगाएर दसैंलाई अझ रंगीन बनाएका थिए । यहाँ आफन्त नभएकाहरुले आफूले मान्ने ठूलाबडाहरुबाट टीका थापेका थिए भने केही अभिभावकहरु नेपालबाट यहाँ रहेका आफन्तहरुसँग दसैं मान्न भनेरै अस्ट्रेलिया आएका छन् ।

प्रकाशित : कार्तिक २, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्