कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो [तस्बिरहरु]

शब्द/तस्बिर : अंगद ढकाल

भादगाउँ — बडादसैंका दिन शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ । ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने मान्यताले अहिले देवीको दर्शन र पूजाका लागि भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका स्थानबाट भक्तजनको भीड लागेको छ ।

सुख, शान्ति, र मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले केही भक्तजनले आफ्नो घरदेखि ब्रह्मायणीसम्म घस्रेर आउने गर्दछन् । बिहानैदेखि भक्तपुरको टोलटोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजाका टोलीसमेत बह्मायणी मन्दिर पुगेका छन् ।


प्रकाशित : कार्तिक २, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्