कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टीकाको चटारो [फोटोफिचर]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — आज (शुक्रबार) आश्विन शुक्ल दशमी नेपालीहरुको प्रमुख चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक बिसर्जन गर्दै श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ ।

शुभसाइत बिहान ९:५१ बजेदेखि नै सरकारका उच्‍च पदस्थ व्यक्तित्व, सर्वसाधारणहरु टीका लगाउन लागीपरेका थिए । राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको विशेष चहलपहल देखिन्थ्यो ।

रौनकता त छँदैछ काठमाडौं उपत्यकावासी भने सार्वजनिक यातायात अभावले छोटो लामो दूरीमा पैदल यात्रा गरिरहेका भेटिए । निजी कार, मोटरसाइकल हुनेहरु आफन्तजनकोमा पुगे पनि अन्य सर्वसाधारणले सास्ती खेपे । टीका थाप्ने सर्वसाधारणको आवात जावतका लागि नेपाली सेना, प्रहरीले नि:शुल्क बससेवा सञ्चालन गरे पनि पर्याप्त थिएन ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादसैं पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको बध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दसैंलाई लिइन्छ ।

प्रकाशित : कार्तिक २, २०७५ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्