१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साझाले ल्यायो बिजुली बस

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरे । 

उक्त बसमा चढेर ओली पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए । 

साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितका अनुसार बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डखुल्डीरहित सडकमा सञ्चालन गरिने छ । 

बसको सीट क्षमता १९ रहेको छ भने उभिएर समेत यात्रा गर्दा ३५ जना बसमा अट्ने बताइएको छ । 

चिनियाँ कम्पनीबाट प्रतिगोटा २ करोड रुपैयाँमा खरिद गरेको मध्ये २ वटा बस काठमाडौं आइसकेको छ भने अन्य तीन वटा आउने क्रममा रहेको पनि जनाएको छ । 


प्रकाशित : कार्तिक ६, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्