कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सयपत्रीले ढकमक्क गाउँघर [फोटोफिचर]

शब्द/तस्बिर : कुम्भराज राई

ओखलढुंगा — कहिले सयपत्री नफूल्दै तिहार आउँछ । कहिले सयपत्री फक्रिसकेपछि तिहार आउँछ । जे भएपनि सयपत्री फूल र तिहारको प्रगाढ सम्बन्ध छ ।

यसवर्ष पूर्वी पहाडका गाउँघरमा तिहार आउनुअघि सयपत्री फुलेर गाउँघर ढकमक्क भएका छन् । दसैं अघि देखि बारीका कान्ला,आली,घरको आँगन,डिल र फूलबारीहरुमा सयपत्री रातै पहेँलै फुलेका छन् ।

दिदीबहिनीहरुलाई एउटै चिन्ता छ । यी फूलहरु तिहारसम्म रहलान् कि नरहलान् भन्ने । भाईटिकामा आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरी माला लगाउन रोपिएको सयपत्री यसपाली बेलैमा फुलिसकेको छ । विभिन्न प्रजातिका सयपत्रीहरुले गाउँ नै रंगीन बनेको छ । दसैं सकिन लागेपनि तिहारको रौनक आईसकेझैँ देखिन्छ ।

यहाँको सिद्धिचरण नगरपालिकाको एउटा सुन्दर मगरबस्ती लगलगेमा फूलेका केही सयपत्री फूल र गाउँघरको तस्बिरहरु ।


प्रकाशित : कार्तिक ६, २०७५ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्