कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ चीनको समुन्द्रमाथिको विश्वकै सबैभन्दा लामो पुल

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सि चिनफिङले समुद्रमाथिको विश्वकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । कुल ५५ किलोमिटरको यो पुल बनाउन ९ वर्ष लागेको थियो ।

यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोडेको छ । बीबीसीका अनुसार पुल बनाउन २० अर्व डलर (करिब २३ खर्व ६० अर्व रुपैयाँ) लागेको छ । निर्माण सम्पन्न गर्न तोकिएको समय भन्दा ढिलो भएको थियो ।

यस पुलको मुल भाग २२.९ किलोमिटर रहेको छ भने ६.७ किलोमिटर लामो सुरुङमार्ग रहेको छ । त्यसमा मानवनिर्मित क्रित्रिम टापुहरुसमेत रहेका छन् । साथै अन्य सहायक सडकहरु पनि यसैभित्र पर्दछ ।

अंग्रजी अक्षरको वाई अकारमा निर्माण गरिएको यस पुलले हङकङ र दक्षिणी चीनको झुहाई सहरबीचको दुरी तीन घण्टाबाट ३० मिनेटमा घटाएको बताइएको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्