३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खोकनावासीलाई पिरैपिर- 'अर्को वर्ष धान फलाउन पाइएला कि नपाइएला !'

शब्द तथा तस्बिर : अंगद ढकाल

ललितपुर — दसैं सकिए लगतै उपत्यकावासीहरु धान चुट्नमा व्यस्त छन् । त्यस्तै व्यस्त छन् खोकनावासी पनि । पाँच महिना अघि हरियाली धान खेत अहिले पाकेर पहेँलपुर भएको छ । यसपाली धान राम्रो फलेकोपछि खोकनावासी उत्साहित त छन् तर उनीहरुमा दुविधा र चिन्ता पनि थपिएको छ । अर्को साल धान फलाउन पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले पिरलेको छ उनीहरुलाई ।

'खोकनाबासीले अर्को साल धान फलाउन पाउने हो कि हैन थाहा छैन । माझ फाँट हुँदै फास्ट ट्र्याक बाटो निर्माण हुँदैछ,’ स्थानीय कृष्ण भगत महर्जनले चिन्ता व्यक्त गर्दै भने, 'यसपाली त धान भित्र्याइयो अर्को साल के भित्र्याउने ?'

प्रकाशित : कार्तिक ७, २०७५ १८:११
प्रतिक्रिया
पठाउनुहोस्