३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वयम्भूमा विश्वकप क्रिकेटको ट्रफी

तस्बिर : इलिट जोशी, हेमन्त श्रेष्ठ

काठमाडौँ — युनेस्को विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा शुक्रबार विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा राखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप ट्रफी टुर पहिलोपल्ट नेपाल ल्याइएको हो । सन् २०१९ मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्डमा हुने वान डे विश्वकपमा विजेतालाई दिइने यो ट्रफी भारत, पाकिस्तान र बंगलादेशमा प्रदर्शन गरेपछि शुक्रबार नेपाल ल्याइएको हो ।

चार दिन नेपालमा रहने विश्वकप ट्रफी शनिबार पोखरामा लगिँदै छ । पोखरा रंगशाला र फेवातालमा प्रदर्शन गरेपछि ट्रफीलाई पुन: राजधानी फर्काएर आइतबार चन्द्रागिरि र प्रधानमन्त्री निवास बालुवाटारमा देखाइने आईसीसीले जनाएको छ ।

आईसीसीकी प्रतिनिधिका रूपमा कार्यरत भावना घिमिरेका अनुसार सोमबार दरबारमार्ग र वसन्तपुरमा प्रदर्शनीमा राखिने यो ट्रफीलाई मौसमले अनुकूल भएमा सगरमाथा आधारशिविर पुर्‍याइने छ । ट्रफी टुरसँगै पोखरा र काठमाडौंमा नेपाली खेलाडीसँग अन्तक्रिया पनि गरिँदै छ । विश्वकपमा सहभागी देशमा मात्र देखाइने परम्परा तोडदै आईसीसीले यसपालि नेपालसहित २१ देशमा ट्रफी टुर गर्दैछ ।

पछिल्लो दशक नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलै फडदो मारेको छ । चार वर्षअघि बंगलादेशमा टवान्टी–टवान्टी विश्वकप खेलेको नेपाल वान डे विश्वकप २०१९ को जिम्बाबेमा भएको अन्तिम छनोटसम्म पुगेको थियो, जहाँ आठौं स्थान हासिल गर्दै नेपालले वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्