कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेकपाको चियापान, शुद्ध शुभकामना आदानप्रदान

दुर्गा खनाल, तस्बिर : कविन अधिकारी

काठमाडौँ — मुख्य चाडपर्वको अवसरमा प्रमुख राजनीतिक दलहरुले शुभकामना आदानप्रदानका लागि चियापान गर्ने परम्परा छ । चियापानमा वर्षभरीको राजनीतिक तिक्ततालाई बिर्सर्दै हार्दिकता साटासाट गरिन्छ । प्रमुख सत्तारुढ दल नेकपाले शनिबार आयोजना गरेको चियापान त्यस्तै हार्दिकता साटासाट गर्ने थलो बन्यो ।

राजधानीको भृकुटीमण्डपको बगैंचामा आयोजित ‘चियापान’ मा सहभागीको मुख्य प्रतिक्षा थियो-प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीको । देउवा दिउँसो झण्डै सवा चार बजे कार्यक्रम स्थलमा प्रवेश गरे । नेकपाका अध्यक्ष दाहाल वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतले अन्य आगन्तुकलाई जस्तै देउवालाई पनि स्वागत गरे ।


प्रकाशित : कार्तिक १०, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्