कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुमका गाँउमा मयुर मेला

हरि गौतम

रुकुम पश्चिम — रुकुममा मयुर चरा प्रत्यक्ष देखेका कमै होलान् । मयुरका प्वाँखबाट बनेको मयुर (गरुवा) नेदेख्ने पनि कमै होलान् । जिल्लामा गाँउपिच्छे मयुरका प्वाँख बनाएका गरुवा छन् । मयुरको प्वाँख प्रयोग गरेर बनाइएको एक प्रकारका नाँच्दा लगाउने सामग्री हो । वर्षाको समय बाहेकका हरेक मेला, पर्व, भेला, दिवस तथा राजनीतिक कार्यक्रममा मयुर नाच उपस्थित गराइन्छ । कतै पुरुष मात्रै नाच्छन् भने कतै महिला पुरुष मिलेर नाच्ने गर्छन् । मयुरका प्वाँखबाट बनाइएको मयुर अर्थात् गरुवा लाएर नाचेको धेरैले रुचाउँछन् । यो जिल्लाको पुरानो नाच पनि हो ।

प्रकाशित : कार्तिक १५, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्