१० लाखको पटाका पानीमा [तस्बिरसहित]

तस्बिर : इलिट जोशी

काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १० लाख बराबरका पटाका बुधबार बिहान नष्ट गरेको छ । परिसरमा आयोजित पत्रकार सम्मेलनमा ती पटाकाहरु प्रदर्शन गरेर परिसर भित्रै रहेको पुरानो इनार जस्तो पानी जमेको स्थानमा फालेर नष्ट गरेको थियो । परिसरले पटाकासहित पक्राउ परेका ९ जनालाई हिरासतमा लिई थप कारवाही प्रकृया समेत अगाडि बढाएको जानकारी गराएको छ ।


प्रकाशित : कार्तिक २१, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्