२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लुम्बिनीमा श्रीलंकन धुन [फोटोफिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — फरक पहिरन, संस्कृति र परम्परा बोकेको श्रीलंकन बाजाको धुनले बुद्ध जन्मस्थल लुम्बिनी गुन्जियो । विषेशगरी शुभ काम र उत्सवमा बजाइने पंचतुर वादनको बाजाले यहाँको वातावरणमा उल्लास थप्यो ।

कठिनदान तथा पुजा गर्न श्रीलंकाबाट आएको सयजनाको टोली अघि बाजा बजाउँदै मायादेवी मन्दिर पुग्दा सबै स्वदेशी र विदेशीको ध्यान बाजाको धुनले तानेको थियो । नौलो र आकर्षक धुनमा सबै मुग्द देखिन्थे ।

‘पहिरन उत्तिकै आकर्षक थियो,’ मिक्षु श्रीवजिर प्रेमले भने, ‘बाजाको धुन सुन्दा शान्ति र बुद्धको अनुयाई त्यसै लठ्ठ पर्थे ।’

भगवान बुद्धलाई समेत उक्त बाजा मन दाबी श्रीलंकन उपासक प्रदीप हेमचन्द्रनले गरे । उनले भने, ‘त्यही भएर यो बाजा श्रीलंकामा निक्कै चर्चित छ ।’ त्यसैले पनि बुद्धका हरेक गतिविधिमा यो बाजा श्रीलंकामा बजाइने उनले बताए । उनको जन्मस्थल आई पवित्र धुनले लुम्बिनीलाई तरंगित गर्न पाउँदा निक्कै खुसी भएको कलाकार एसए रविनन्दनले बताए ।


प्रकाशित : कार्तिक २१, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्