कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रधानमन्त्री ओलीले लगाए भाइटीका

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाएका छन् । टीका लगाइदिएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरुले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार पनि प्रदान गरेका छन् ।


प्रकाशित : कार्तिक २३, २०७५ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्