कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माण नसकिएको रानीपोखरीमै लगाइयो भाइटीका [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — भूकम्पले क्षतिग्रस्त रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले एकअर्कालाई भाइटीका लगाएका छन् । रानीपोखरीको बीचमा अवस्थित मन्दिर भएकाले हाल पुनर्निर्माणको काम जारी छ ।

भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । रानीपोखरीस्थित गोपालेश्वरको मन्दिर हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्दछ । राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युको शोकमा परेकी रानीलाई खुसी तुल्याउने उद्देश्यले १७२७ सालमा रानीपोखरी निर्माण गरेको इतिहास छ । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उनका दुई छोराको शालिक पनि राखिएको छ । भाइटीका लगाउने साना बालबालिकादेखि वुद्धवुद्धासमेत रानीपोखरीमा भीड लागेको थियो ।

प्रकाशित : कार्तिक २३, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्